‘मासु भात’ पकाउँदै सौगात र सृष्टि (भिडियो पनि)

प्रेम जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठ एकै फिल्ममा देखिने भएका छन् । पहिलो पटक मुख्य पात्रको रुपमा देखिन लागेका सौगात र सृष्टिको फिल्मको नाम ‘मासु भात’ राखिएको छ । जुन नाम सुन्दा अचम्म सक्छ ।

अचम्म लाग्ने फिल्म ‘मासु भात’ का निर्देशक सञ्जीव न्यौपाने हुन् । आफ्नै कथा रहेको फिल्मको स्टोरी लाइन खोल्न नमिल्ने निर्देशक न्यौपानेले बताएका छन । फिल्मको यतिबेला लोकेशन खोज्ने कार्य भैरहेको छ । सौगात र सञ्जीवले ‘स्टोरी अफ अ तामाङ गर्ल’ मा सँगै काम गरेका छन् । पहिलो पटक सौगात र सृष्टिसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

उसो त सौगात र सृष्टिले फिल्म ‘लालपूर्जा’मा यसअघि एकसाथ काम गरिसकेका छन् । तर त्यसमा सृष्टिको भूमिका छोटो थियो । अब भने यी प्रेम जोडी पुरा फिल्ममा एकसाथ देखिने पक्का भएको छ । कस्तो होला त ? रियल जोडीको रिल प्रेम ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha