‘नाईं नभन्नू ल ५’ बक्स अफिसमा धमका मच्याउँदै

फिल्म ‘नाई न भन्नु ल ५’ ले बक्स अफिसमा बम्परको व्यापार गरिरहेको छ । प्रदर्शनको तीन दिनमा यो फिल्मले दुई करोड भन्दा बढिको कलेक्सन गर्न सफल भएको छ । ‘नाई न भन्नु ल ५’ को यो व्यापार शुक्रबार, शनिबार र आइतबारको हो ।

शुक्रबार ठिकै व्यापार गरेको ‘नाईं नभन्नू ल ५’ ले शनिबार र आइतबार आक्रमक व्यापार गर्यो । शनिबार साविक बिदा खाएको फिल्मलाई आइतबार जनैपूर्णिमाको चिठ्ठा पर्यो । सोमबार गाइजात्राको बिदा पर्दा देशका हरेक जसो हल हाउसफूल रहेको वितरक सुनिल मानन्धर बताउँछन् । यो साल प्रदर्शनमा आएका फिल्महरु मध्ये विकास राज आचार्य निर्देशित यो फिल्मको यो सुरुवाती व्यापार वम्परको हो । भिडियो :

फिल्म ‘नाईं नभन्नू ल ५’ मा विशेषतः आमा र छोरीको सेन्टिमेन्टस मन पराइएको छ । नायिका प्रियंका कार्की र सेड्रिना शर्मा आमा छोरीको भूमिकामा प्रस्तुत भएका छन् । फिल्ममा प्रियंका र सेड्रिनासँगै अनुभव रेग्मी, स्वस्तिमा खड्का, केकी अधिकारी, निरुता सिंह, दिलिप रायमाझी, अभिषेक नेपाल लागयतको कलाकारको अभिनय छ । बालकलाकारमा अनुभव रेग्मी र सेड्रिना शर्माको अभिनय छ । भिडियो :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha