गाईजात्रामा शून्य प्रज्ञा भवन !

नेवारी समुदायमा भव्य रुपमा मनाइने गाईजात्रा पर्वको रौनक काठमाडौं र भक्तपुर गल्ली गल्लीमा उतिकै छ । तर यो रौनक प्रज्ञा प्रतिष्ठानमा भने सेलाएको छ । विगत २०५३ साल देखि उत्सवको रुपमा मनाउदै आएको गाईजात्रा पर्व ०७५ सालमा आएर सेलाएको हो ।

भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म (आठ दिन) सांस्कृतिक उत्सवको रुपमा मनाईने गरिएको छ । यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा गीत गाएर मनाइन्छ । व्यांग्यात्मक रुपमा देखाईने नाटकले देशको अवस्थालाई नै चित्रण गर्ने गरेको थियो । आजको दिनमा कलाकारहरुलाई पनि निकै गाईजात्रा लाग्ने गरेको पाईन्थ्यो । प्रज्ञा प्रतिष्ठानमा परम्परागत शैलीमा नाटक देखाउने गरिन्थ्यो ।

प्रज्ञा प्रतिष्ठानमा कलाकारको र दर्शकको भिड पनि निकै हुन्थ्यो, यो वर्ष भने गाई जात्राको दिनमा प्रज्ञा प्रतिष्ठानले राहत पाएको छ । २०५३ देखि प्रज्ञा प्रतिष्ठानमा देखाउदै आएको नाटकले दर्शकलाई मनोरञ्जन दिने मात्र होइन कहि न कहि ज्ञान पनि बाँडेको पाईन्थ्यो । यस वर्षको शुन्यताले सबैको मनमा शुन्य बनाएको छ । यो साल प्रज्ञा प्रतिष्ठान मौन रहे पनि अर्का वर्ष भने मौन नहोस् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha