‘सायद २’ बाट अमृतले देखाए सम्भावना

फिल्म ‘सायद २’ मा अभिनय गरेका नव कलाकार अमृत ढुंगानाले नेपाली फिल्ममा बलियो संभावनाको देखाएका छन् । फिल्म सायद २ को सुरुवाती व्यापार न्यून भएपनि अमृतको अभिनयको भने यतिबेला उच्च प्रशंसा भैरहेको छ । दर्शक र समिक्षकले अमृतको कामको तारिफ छन् ।

उसो त अमृत फिल्म ‘सायद २’ खेल्नु पुर्व नै एक जमातमा चिनिएका कलाकार हुन् । युटुव हेर्ने युवा ‘सर्कल’ मा अमृतको क्रेज लोभलाग्दो छ । यही क्रेजलाई क्यास गर्न निर्माता सुनिल रावलले अमृतलाई ‘सायद २’ मा लिएका थिए । फिल्मको व्यापार आशातित नभएपनि अमृतले अभिनय क्षेत्रमा सम्भावनाको बलियो ढोका खोलेका छन् । नयाँ कलाकारहरु मध्ये अमृत ‘नोटिस’ भएका छन् । तर अमृतको फिल्मी करिअर उनले खेल्ने फिल्म र भूमिकाले निर्धारण गर्नेछ । राम्रो ब्यानर, टिम, स्क्रिप्ट र भूमिका छानेर फिल्म खेलेको खण्डमा अमृत भोलिको युवा स्टार बन्न सक्ने धेरैले आशा राखेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha