गाईजात्रा विशेष : एकै स्टेजमा चार फिल्मको प्रचार

गाईजात्राको दिनमा आज देशमा विभिन्न खाले कार्यक्रम भए । हाँसो, व्यांग्य र रमाइलोको यो दिनमा फिल्मकर्मीले आफ्नो फिल्मको प्रचार गर्न छुटाएनन् । नयाँ बानेश्वरमा आयोजना गरिएको गाईजात्रा विशेष कार्यक्रममा चार वटा फिल्मका फिल्मकर्मी भेला भएर आ-आफ्नो फिल्मको प्रचार गरे । (भिडियो :

सफलताका साथ प्रदर्शन भैरहेको फिल्म ‘नाईं नभन्नू ल ५’ का मुख्य दुई बाल कलाकार अनुभव रेग्मी र सेड्रिना शर्माले गाईजात्रा हेर्न आएका दर्शकमाझ फिल्मको गीतमा नृत्य गरे । यस्तै ‘रामकहानी’ टिमबाट पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे र जितु नेपालले कमेडीसँगै सामुहिक नृत्य पस्के । ‘रामकहानी’ भदौ २२ मा चल्दैछ । (भिडियो) :

यता दशैंमा रिलिज हुने फिल्म ‘छक्का पञ्जा ३’ को तर्फबाट दीपकराज गिरी, दीपाश्री निरौलासँगै जितु र माग्नेले दर्शकलाई भरपुर मनोरञ्जन दिए । यी चारै जनाले फिल्मका गीत ‘पहिलो नम्वर’मा कम्मर मर्काए ।

निर्माता किरण केसीले भने छायाँकन नै नभएको फिल्म ‘दाल भात तरकारी’को प्रचार गर्न भ्याए । उनले गीत समेत गाए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha