यस्तो रह्यो बुटवलको ‘अनमोल इभ’ (फोटो फिचर)

शनिबार बुटवलमा आयोजना भएको ‘अनमोल इभ’ भव्यताका साथ सकिएको छ । युवा स्टार अनमोलको कार्यक्रममा झण्डै ७ हजार दर्शक सहभागी भएको आयोजक कम्पनी मोनिका इन्टरनेश्नल ग्रुपका अध्यक्ष कमल जीसीले बताए छन् ।

कन्सर्टमा अनमोलले गीत गाउँनु सँगै कृ को यती यती पानी बोलको गीतमा नाचेका थिए ३ बजेबाट सुरु भएको कार्यक्रममा अनमोल करिब ८ बजेतिर स्टेज चढेका थिए । बर्षाका बावजुद पनि दर्शकको उल्लेख्य संख्या देखेर आयोजक कमिटी दंग थिए भने अनमोल पनि खुसी थिए ।

यो कार्यक्रममा बाट उठेको रकम नेपाल नेत्रहिन महिला संघलाई उपलब्ध गराउने घोषणा पहिले नै गरेका थिए । अनमोलले बिना पारिश्रमिक उक्त कन्सर्टमा आफ्नो प्रस्तुती दिएका हुन् ।

अनमोल इभ मा पिता भुवन केसी, नायिका तथा निर्देशक झरना थापा, नायिका प्रियंका कार्कीले आफ्नो प्रस्तुती दिएका थिए । बुलवलसँगै अनमोल इभ पोखरा, चितवन र बिर्तामोड लगायतका शहरमा आयोजना हुने छ आयोजक कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha