‘कोया कटर’को भन्दै दियासँग नाचे प्रशान्त (भिडियो)

फिल्म कस्मिक लभको ‘कोया कटरको’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा मुख्यतः प्रशान्त ताम्राकार र दिया मास्केको जोडीले नृत्य पस्केको छ । सँगै भिडियोमा रिजन थापा, पूजन थापा र राजाराम पौडेललाई पनि देख्न सकिन्छ । भिडियो हेर्नुस् :

बाबुल गिरीको संगीत रहेको गीतमा रामचन्द्र काफ्ले र लक्ष्मी स्याङ्गटाङ्गले स्वर दिएका छन् । शब्द दिनेश सुबेदीले लेखेका हुन् । कोरियोग्राफी भने रविन शाहले गरेका छन् । मुभी मेकर्सको ब्यानरमा सुरज प्रधानको प्रस्तुति रहेको फिल्मको छायांकन केहि प्रतिशत बाँकी छ । जय गौतम निर्माताको रुपमा रहेको फिल्ममा कार्यकारी निर्मातामा मदन ताम्राकार तथा सह निर्मातामा विकास सिंह पुजारी रहेका छन् ।

बि एस बलामी तथा एस के. अधिकारीको निर्देशन गरिहेको फिल्ममा प्रशान्त ताम्राकार, दिया मास्के, अर्पण थापा, रिजन थापा, पुजन थापा, रोबिन तामांग, राजाराम पौडेल, पुरन थापा, देब महर्जन तथा सागर खनाल लगायतका कलाकारहरु अभिनय छ । फिल्मलाई तिहारमा रिलिज गर्ने लक्ष्य राखिएको छ । अर्पण, दिया र रोविनसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha