‘अपराधी पक्राउ गर्ने रियल्सल नगरौं’ : जितु नेपाल

बलात्कारका घटना दैनिक रुपमा सार्वजनिक भैरहेका छन् । बलात्कारीको पहिचान गरी कडा भन्दा कडा कारबाही गर्नुपर्ने देशव्यापी रुपमा आन्दोलन भैरहेको छ । यसमा सेलिव्रेटीले पनि आवाज उठाइरहेका छन् ।

यस्तैमा चर्चित हाँस्य व्यांग्य कलाकार जितु नेपालले पनि बलात्कारीलाई हदैसम्मको कारबाहीको माग राखेका छन् । नेपाल प्रहरी माथिको विश्वश्नियता कायम राख्दै निर्मला पन्तका बलात्कारीलाई तुरुन्त सार्वजनिक गर्नु पर्ने जितुले आफ्नो फेसबुकमा उल्लेख गरेका छन् ।

जितु लेख्छन्, ‘मेरो नेपाल प्रहरी माथी ठूलो बिश्वास, भरोसा र सम्मान छ । धेरै ठूला, ठूला अपराध र अनुसन्धानमा नेपाल प्रहरीले देशमा मात्रै नभई विदेशमा समेत ख्याती कमाएको छ । तर पछिल्लो समय कञ्चनपुरको निर्मला पन्तको बलात्कार र हत्याको केशमा नेपाल प्रहरी माथीको बिश्वशनियता र सम्मानप्रती जनताको भरोसा टुट्न सक्ने अवस्था आएको छ । एउटा अपराधी बचाउँन खोज्दा सम्पूर्ण प्रहरी प्रशासन बदनाम न होस् । अपराधी पक्राउ गर्ने रियल्सल न गरौं, फाइनल टेक नै गरौं। निर्दोशलाइ यातन न दिउँ । दोषीलाई हदै सम्मको यातना सहित कारबाही गरौं।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha