‘बलात्कारका अपराधीलाई फाँसी दे सरकार’ : दीपाश्री

निर्देशक दीपाश्री निरौलाले बलात्कारीलाई सरकारसँग फाँसीको माग गरेकी छिन् । दिनुदिन सार्वजनिक भैरहेका बलात्कारका घटना र घटनाका दोषीलाई कारबाही हुन नसकिरहेका अवस्थामा निर्देशक निरौलाले सरकारसँग यस्तो माग राखेकी हुन् ।

निर्देशक निरौला आफ्नो फेसबुकमा लेख्छिन्, ‘बलात्कार बलात्कार बलात्कार, अपराधीलाई फाँसी बलात्कारका अपराधीलाई फाँसी दे सरकार ः दीपाश्री निरौलासरकार ।’ उसो त बलात्कारका दोषीलाई फाँसीको माग गर्दै केही दिन अगाडी सामाजिक अभियान्ता सावित्री खड्काले पेटिकोट आन्दोलन गरेकी थिइन् । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पश्चात हत्या भएपछि अहिले पुरै देश दोषीलाई कारबाहीको माग राख्दै आन्दोलनमा होमिएको छ ।

बलात्कारका दोषीलाई कारबाहीको माग राख्दै नायिकात्रेय केकी अधिकारी, ऋचा शर्मा र रिमा विश्वकर्माले सोमबार साँझ दिप प्रज्वलन गरेका थिए । नायिका तथा निर्देशक रेखा थापाले यस विषयमा लेख नै लेखेकी छिन् । कलाकार जितु नेपालले बलात्कारीका घटनाका दोषीलाई पहिचान गरी कारबाही गर्नु पर्ने माग नेपाल प्रहरी सामु राखेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha