जोर र बिजोर प्रणालीप्रति माग्ने बुढाको कडा टिप्पणी

बिमस्टेक सम्मेलनका कारण राजधानीमा तीन दिनसम्म सवारी साधनलाई जोर र बिजोर प्रणाली लागु गरिएको छ । सडक खुला गर्न लागु गरिएको यस प्रणालीबाट सर्वसाधरणले सास्ती पाइरहेका छन् भने कतिपय विद्यालयहरु बन्द भएका छन् । समग्रमा यस सरकारले सवारी साधनमा लगाएको जोर र बिजोर प्रणालीको बिरोध भैरहेको छ ।

यस्तैमा चर्चित हाँस्य व्यांग्य कलाकार केदार घिमिरे उर्फ माग्ने बुढाले जोर बिजोर प्रणालीलाई ब्यांग्य हान्दै बिरोध गरेका छन् । माग्ने बुढा लेख्छन्, ‘सवारी चाप घटाउन जोर कि बिजोर खेल्नु भन्दा सार्वजनिक ठुलाठुला बसहरुलाई प्रोत्साहन गर्नु पर्दछ । अनावश्यक निजि सवारी साधनलाई निरुत्साहित गर्नु पर्दछ । दश दश मिनेटमा बस छुट्ने, सिट भन्दा बढी यात्रु नराख्ने, समयमा पुर्याउँने, भाडा पनि सस्तो पर्ने, जता जान पनि बस पाइने र बस चढ्ने यात्रुलाई सम्मान हुने हो भने निजि सवारी साधन कसैले किन्दैन । कमिशनको खेलामा मनलाग्दी मोटर भित्र्यायो, जोर कि बिजोर खेल्यो बस्यो । जोर कि बिजोर होइन, जोग कि बिजोग ?’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha