ऋतिकको गलत व्यावहारपछि दिशाले फिल्म छोडिन् !

यतिबेला बलिउडमा दिशा पाटनीले ऋतिक रोसन र टाइगर श्राँफसँग खेल्न लागेको फिल्म ‘डान्स एक्सन’को लिड रोल छोडेकोे समाचार भाइरल भैरहेको छ । दिशा अहिले सलमान खानको फिल्म भारतको छायांकनमा व्यस्त छिन् ।

ऋतिकले दिशासँग गलत व्यवहार गर्न थालेपछि उनले फिल्म छोड्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दिशाका अनुसार ऋतिकले दिशाकी एक साथीलाई मेसेज गरेर दिशासँग डेट मिलाइदिन अनुरोध गरेका थिए । दिशाले यस्ता कुरा थाहा पाएपछि फिल्ममा खेल्न असहज महसुस भएर फिल्म छोडेकी हुन ।

दिशा पाटनी अहिले टाइगर श्राँफसँग रिलेशनमा छिन् भने ऋतिक पत्नी सुजैनसँग डिभोर्स गरेपछि अहिले सिंगल छन् । ऋतिकमाथि कुनै पनि अभिनेत्रीले आरोप लगाएको यो पहिलो पटक भने होइन ।

यो भन्दा पहिले कंगना रनौटले पनि ऋतिकमाथि विभिन्न आरोप लगाएकी थिइन् । तर दिशा जोडेर समाचार बनाएका मिडियाको ऋतिकले खण्डन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha