‘गीत गजल’ मा रुप र आरोहीको रोमान्स

पल शाह र आँचल शर्मा लाई लिएर ‘जोनी जेन्टलम्यान’ निर्देशन गरेका नितिन चन्दले दोस्रो फिल्म निर्देशन गर्ने भएका छन् । नयाँ कलाकार लिएर नितिनले ’गीत गजल’ बनाउन लागेका हुन् ।

नितिनको ’गीत गजल’ मा रुप पोखरेल र आरोही सिंह मुख्य भूमिकामा प्रस्तुत हुनेछन् । आरोहण क्षेत्री निर्माता रहेको फिल्मको बजेट बिग हुने बताईएको छ । लभस्टोरी जनरामा निर्माण हुने फिल्मको लागी मुख्य दुई कलाकार बाहेक अन्य कलाकार छनोटको चरणमा रहेको निमार्ता क्षेत्रीले बताए । आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बाबु श्रेष्ठको छायांकन रहेनछ ।

फिल्मको गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर रहने छ । भदौको अन्तिम साताबाट छायांकनमा जाने गीत गजलको अहिले प्रि प्रोडक्सनको कार्य भैरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha