अमेरिकाका दर्शकलाई आर्यन र सृष्टिको मायाले बाँध्यो

अष्ट्रेलियापछि फिल्म ‘बाँध मायाले’को अमेरिकामा शो सम्पन्न भएको छ । यही अगस्ट २८ तारिखमा त्यहाँको सान्फ्रान्सिस्को शहरमा फिल्मको प्रिमियर भएको थियो । प्रिमियर शोमा नायक आर्यन अधिकारी उपस्थित थिए ।

एक्सन लभ स्टोरी फिल्म ‘बाँध मायाले’ हेरेपछि दर्शकहरु भावुक हँदै हलबाट निस्किएको नायक अधिकारीले बताएका छन् । फिल्ममा समावेश एक्सन र लभ स्टोरीलाई दर्शकले रुचाएको आर्यनको भनाई छ । पुनः सेप्टेम्वर २ तारिखमा सान्फ्रान्सिस्कोमा फिल्मको शो राखिएको छ । नेपालमा भने यो फिल्म असोज ५ गतेदेखि प्रदर्शनमा आउँदैछ । प्रोमो केही दिनमै सार्वजनिक हुने निर्देशक श्रेष्ठ बताउँछन् ।

एक्सन लभ स्टोरी फिल्म ‘बाँध मायाले’ मा आर्यनको अपोजिटमा पुर्व मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठ प्रस्तुत भएकी छिन् । साथमा राजाराम पौडेल किशोर खड्का, रविन्द्र प्रताप सेन र विशाल चाम्लिंगको अभिनय रहेको छ ।

काइट्स इन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्म ‘बाँध मायाले’ मा रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माताको रुपमा छन् भने सह निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार धिताल छन् । बाबु श्रेष्ठको छायाँकन रहेको फिल्ममा रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन र अर्जुन पोखरेलको संगीत छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha