किसानको ऋण चुक्ता गर्दै अमिताभ बच्चन

केरलामा बाढी पिडितलाई सहयोग गरिसकेका अमिताभ बच्चनले अब किसान र शहिद परिवारका लागि सहयोगी हात अघि बढाएका छन् । ‘कौन बनेगा करोडपति’ को १० औ सिजनको प्रेस मिटमा अमिताभले ऋणमा डुबेका किसानको लागि एक करोड २५ लाख रुपैयाँ दान गर्ने घोषणा गरेका हुन् ।

उक्त प्रेस मिटमा अमिताभले भने– ‘केहि वर्ष अघि आन्द्रप्रदेशको विजागमा शुटिङ गरिरहेका थियौ । त्यतिबेला थाहा पाए किसान ऋणको कारण आत्महत्या गरिरहेका थिए ।’ उनलाई यो कुराले निकै दुखी बनायो ३०–४० हजारको लागि किसानहरु आत्महत्या जस्तो कदम उठाइरहेका छन् । त्यतिबेलै ५० किसान परिवारका ऋण तिरिदिएका थिए । अब अमिताभ दुई सय किसान परिवारको लागि १.२५ करोड रुपैयाँको ऋण चुक्ता गर्दै छन् । किसानको साथ साथै अमिताभले शहिद परिवारलाई पनि सहयोग गरिरहेका छन् ।

उक्त प्रेस मिटमा उनले भने– ‘हामी शहिद परिवारको लागि पनि सहयोग गर्न चाहान्छौ, ४४ परिवारले सरकारको तर्फबाट सहयोग पाएका छन् । यस्तै परिवारको रेख देखको लागि ११२ मागको सुची तयार पारेको छांै । करिब एक करोडको यो रकम शहिद परिवारका विधुवा, आमा र बुबालाई दिनेछौं ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha