आठ वर्षपछि सँगै अभिषेक र ऐश्वर्या

ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन अनुराग कश्यपको फिल्म ‘गुलाबजामन’ मा एक साथ देखिने भएका छन् । यो जोडिले करिब ८ वर्ष पछि एक साथ स्क्रिीन सेयर गर्न लागेका हुन् ।

२०१० सालमा मणिरत्नमको फिल्म ‘रावण’ मा एक साथ काम गरेका थिए । ऐश्वर्याले विगत तीन वर्षमा चार वटा फिल्म गरेकी छन् । भने अभिषेकले केहि वर्ष यता फिल्मबाट बे्रक लिएका थिए । अभिषेक राम्रो फिल्मको पर्खाइमा थिए । लामो ब्रेकपछि उनले अनुराग कश्यपमको फिल्म ‘मनमर्जिया’ बाट कमब्याक गरेका छन् । ‘मनमर्जिया’ फिल्ममा अभिषेक पञ्जावी भूमिकामा देखिने छन् ।

अब फेरि अनुराग कश्यपकै फिल्ममा अभिषेक देखिने भएका छन् त्यो पनि आफनै पत्नी ऐश्वर्याको साथमा । यस फिल्मको लागि ऐश्वर्या र अभिषेक दुवै जना उत्साहित रहेको भारतिय मिडियामा बताउँदै आएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha