‘म यस्तो गीत गाउँछु’ बन्यो बर्षकै सर्बाधिक इनिसियल व्यापार गर्ने पहिलो फिल्म

फिल्म ‘म यस्तो गीत गाउँछु’ यस वर्षको सर्वाधिक इनिसियल व्यापार गर्ने पहिलो फिल्ल बन्न सफल भएको छ । पल शाह र पूजा शर्मा स्टारर यो फिल्मले तीन दिनमै करिब साढे दुई करोडको ग्रस कलेक्सन गरेको छ । यो कलेक्सन यस वर्ष हालसम्म प्रदर्शनमा आएका फिल्महरुमध्ये सर्वाधिक इनिसियल कलेक्सन हो ।

शुक्रबार र शनिबार देशभरका हलबाट एक करोड असी लाखको व्यापार गरेको सुदर्शन थापा निर्देशित फिल्मले साउने संघ्रान्ती परेको आइतबार पनि शुक्रबार हाराहारीमा व्यापार गर्यो । आइतबारदेखि राजधानीका मल्टिप्लेक्स देखि मोफसलका हल संख्या थप भएका छन् । प्रचार प्रसार सहित एक करोड पच्चीस लाखमा निर्माण दाबी गरिएको फिल्म म यस्तो गीत गाउँछु ले यही साताको मध्येदेखि लगानी सुरक्षित गरी नाफाको व्यापार गर्नेछ । फिल्मलाई सुदर्शन र पूजा मिलेर संयुक्त रुपमा निर्माण गरेका । संजय लामाको छायाँकन, अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी छ । यो रमााइलो हल रिपार्ट हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha