चर्चा ८ स्टारको : फिल्मबाट पर र फुर्सदिला

कुनै समय निकै चर्चा र व्यस्त रहेका थुप्रै नायकहरु अहिले फुर्सदमा छन् । या भनौं पर्दाका हिट हिरो फिल्मी दुनियाँबाट पर छन् । धेरैले विदेशमा नयाँ जीवन सुरु गरेका छन् भने केही स्वदेशमै रहेर आफ्नो स्टारडम फर्काउने कसरत गरिरहेका छन् । हामी यहाँ एक समयका जल्दाबल्दा तर अहिले फिल्मबाट फुर्सदमा रहेका नायकको चर्चा गर्दैछौं :

राजेश हमाल
राजेश हमाल नेपाली फिल्मका सर्वाधिक चर्चित र धेरै फिल्म खेल्ने नायक हुन् । महानायकको उपमा पाएका राजेश हमाल जति चर्चा र सफलता सायदै अब कुनै नायकले पाउलान् । नेपाली फिल्म क्षेत्रमा झण्डै तीन दशक राज गरेका महानायक हमाल अहिले फिल्मबाट फुर्सदमा छन् । ‘युग देखि युग सम्म’ बाट आफ्नो फिल्मी करिअर सुरु गरेका राजेश हमालको युग सकिएकै हो त ? उसो त पछिल्लो समय उनले अभिनय गरेका फिल्महरु लगालग असफल भैरहेका छन् । महानायकले खेलेका ‘बाग्मती’ र ‘सकुन्तला’ जस्ता फिल्मले दर्शकलाई हलमा तान्न सकेनन् । फिल्मबाट फुर्सदमा रहेका राजेश हमाल देश तथा विदेशमा हुने कार्यक्रममा भने निकै व्यस्त छन् । उसो त महानायक हमालले फिल्म निर्माण र निर्देशन गर्ने चर्चा बेला बेलामा भैरहन्छ ।

विराज भट्ट
दुर्गा, डन, हिम्मत र किस्मत जस्ता फिल्ममा खतरनाक एक्सन दिएका एक्सन हिरो विराज भट्टको फिल्म करिअर अहिले सुस्त छ । एक समय भोजपुरी फिल्ममा व्यस्त रहेका विराजले नेपाली फिल्म ‘जय पर्शुराम’ खेले । स्टारडम फर्काउन खेलेको उक्त फिल्म आशा गरे अनुरुप नचलेपछि विराजले पुनः नेपाली फिल्म खेल्ने आँट गर्न सकेका छैनन् । भोजपुरी फिल्ममा पनि खासै व्यस्त नरहेका विराज सायद नेपाली फिल्ममा आफ्नो स्टारडम फर्काउने सोचमा छन् । तर कहिले फर्किन्छन् ? त्यो टुंगो लागेको छैन ।

निखिल उप्रेती
एक समय नेपाली फिल्ममा निखिल उप्रेती र एक्सन उस्ता उस्तै थिए । ‘पिंजडा’ बाट आफ्नो सुनौलो फिल्म करिअर सुरुवात गरेका निखिल अहिले फुर्सदमा छन् भन्दा हुन्छ । उनी अभिनित पछिल्ला फिल्महरु लगालग असफल भएपछि निखिल अहिले नयाँ गर्ने सोचमा छन् । मुम्बइ बाट फर्किएपछि निखिलले खेलेको भैरे हिट भएको थियो । तर ‘निर्भय’, ‘रुद्र’ र ‘राधे’ जस्ता फिल्मले निखिललाई फुर्सदिलो बनाइदियो ।

एक फिल्मको दृश्यमा सुमन

सुमन सिंह
सुमन सिहं पनि नेपाली फिल्ममा जमेका नायक हुन् । एक समय यस्तो थियो, सातामा सुमन अभिनित फिल्महरु आपसमा जुधिरहेका हुन्थे । तर विडम्वडा, सुमनले खेलेका कुनै पनि फिल्महरु ब्ल्कबस्टर भएनन् । यसैले उनी फिल्मबाट टाढा हुन बाध्य भए । अमेरिका र नेपाल गरिरहेपनि सुमन फिल्ममा फर्कन सकिरहेका छैनन् । सुमन फिल्मबाट अहिले पूर्ण रुपमा फुर्सदमा छन् ।

जीवन लुईटेल
एक समयका स्टार नायक हुन्, जीवन लुईंटेल । थुप्रै हिट फिल्म दिएका जीवनको केही वर्षदेखि फिल्ममा उपस्थिति शून्य छ । हाल उनी परिवार सहित अमेरिका छन् । बेला बेला नेपाल आएपनि जीवनले फिल्म खेल्ने चासो देखाएका छैनन् । ‘नाई न भन्नु ल’, ‘अन्दाज’, ‘नोटबुक’, ‘रिदम’ जस्ता हिट फिल्ममा अभिनय गरेका जीवन फेरी काँचको पर्दामा फर्किएलान् ?

राजवल्लभ कोइराला
पर्खि बसे डेव्य नायक राजवल्लभ कोइरलाको एक समय फिल्ममा राम्रो माग थियो । बोद्धिक हिरोका रुपमा चिनिने नायक बल्लभ लामो समयदेखि फिल्मबाट पर छन् । आफ्नो परिवासँग अमेरिकामा रहेका राजवल्लभ पनि कमब्याकको सोचमा छन् । ‘मसान’, ‘अपवाद’ जस्ता फिल्ममा अभिनय गरेका वल्लभलाई नेपाली दर्शकले मिस गरिरहेका छन् । तर उनी तत्काल फिल्ममा फर्किएलान् भन्न चाहिं गाह्रै छ ।

आयुष रिजाल
रेखा थापाको फिल्म ‘हिफाजत’ बाट फिल्मी करियर सुरु गरेका आयुष रिजालको एक समय नेपाली र भोजपुरी फिल्ममा राम्रो माग थियो । झण्डै तीन दर्जन फिल्ममा अभिनय गरेका आयुष अहिले भने फुर्सदमा छन् । भर्खरै प्रदर्शनमा आएको फिल्म ‘ब्ल्याक’ ले पनि आयुषको करिअरलाई ‘ब्लास्ट’ गर्न सकेन ।

सविन श्रेष्ठ
स्वदेशमै रहेपनि नायक सविन श्रेष्ठलाई केही सालदेखि फिल्म क्षेत्र फापिरहेका छैन । सविनले फिल्म त खेलिरहेका छन् तर खेल्नका लागि । अन्दाज फिल्मपछि डिमान्डेड भएका सविन अहिले उति सक्रिय छैनन् । रेखा थापालाई लिएर ‘हिरो रिटन्र्स’ बनाएका सविन बरु आफ्नो शरीर सुगठिलो बनाउँनतिर लागेका छन् । सविनको त्यो शरीरले कहिले पाउँला त सुहाउँदो काम ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha