‘रोज’ टिमसँग झुमे पोखरेली दर्शक

रोजले पोखरादेखि नेसनल टुर थालेको छ । विहिबार पोखरामा प्रेसमिट र कन्सर्ट आयोजना गरियो । मिडटाउन ग्यालरी हलमा आयोजित प्रेसमिटमा कलाकार र गायकले फिल्ममाथि प्रकास पारे ।

प्रदीप खड्का, मिरुना मगर, परमिता राणा, प्रताप दास लगायत टुरमा सहभागि छन् । आफू पहिलोपटक रोमान्टिक जनरबाट पर हटेर थ्रीलरमा काम गरेकाले दर्शकले भिन्न टेस्टमा प्राप्त गर्ने अभिनेता खड्काले बताए । आफ्ना अघिल्ला फिल्म पोखरेली सिनेमा घरमा राम्रो चलेकाले रोजलाई पनि स्थानीय दर्शकले माया गर्ने विश्वास उनले व्यक्त गरे । राम्रा फिल्मलाई निःशुल्क गर्न तयार भएको जनाउँदै प्रदीपले पैसाको पछि मात्र लाग्ने आरोप अस्वीकार गरे ।

अभिनेत्री परमिताले आफ्नो जीवनको नजिक पात्रको भूमिकामा आफूले अभिनय गरेको बताइन् । ‘कतै न कतै मेरो जीवनको नजिक मुख्य पात्र भएकाले मलाई काम गर्दा सजिलो र इन्टिमेट महसुस भयो’ राणाले सोधिएका प्रश्नको जवाफ दिइन् । अभिनेत्री मिरुना मगरले प्रदीपसँग काम गर्दा केमेस्ट्री निर्माण भएको बताउँदै आफूले उनलाई सरल र यथार्थवादी व्यक्तिको रुपमा लिएको बताइन् । गायक प्रताप दासले फिल्मको चर्चित गीत फूल हैन…गीत गाएर सुनाए ।

टुर पोखरा, बुटवल, नारायणगढ, धरान, इटहरीदेखि बिर्तामोड पुगेर टुंगिनेछ । नीरक पौडेल निर्देशित फिल्मलाई गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले निर्माण गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha