‘इन्टु मिन्टु लण्डनमा’ बाट शारुकले जगाएको आशा

पाका कलाकार सानु ताम्राकारका छोरा शारुक ताम्राकारले ‘रानी’ बाट नेपाली फिल्म क्षेत्रमा पाइला अगाडी बढाए । यो फिल्म शारुकका लागि त्यति लाभदायक रहेन । ‘रानी’को असफलतासँगै शारुकको डेव्यु खल्लो हुन गयो । शारुक अभिनित एउटा फिल्मले भने उनको फिल्मी करिअरलाई खास अर्थ राख्ने अपेक्षा राखिएको छ ।

असोज ५ गते देखि रिलिज ‘इन्टु मिन्टु लण्डनमा’ को ट्रेलर रिलिज भएसँगै शारुकको चर्चा सुरु भएको छ । यही फिल्मले शारुकको फिल्मी करिअरलाई बुस्ट गर्ने धेरैले अनुमान लगाएका छन् । उसो त प्रोमो हेरेर कुनै पनि कलाकार करिअरलाई निर्धारण गर्न सकिंदैन् । प्रोमोमा राखिएका झलकले उसको भूमिका अनुमान गर्न सकिन्छ । प्रोमो :

इन्टु मिन्टुको प्रोमो अनुसार शारुकको भूमिका फिल्ममा दमदार हुन सक्ने अनुमान लगाउन सकिन्छ । कोरियोग्राफर रेनशा वान्तवा राईको डेव्यु निर्देशन रहेको फिल्मले के शारुकको फिल्मी करिअरलाई साँच्चै अगाडी बढाउला त ? तर ‘इन्टु मिन्टु लण्डनमा’को शिर्ष भूमिकामा देखिएका धिरज मगर र साम्राज्ञी राज्यलक्ष्मी शाह देखिएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha