‘नार्इं न भन्नु ल ५’ दोश्रो सातामा, साथमा ‘मेरी मामु’

विकास राज आर्चायको निर्देशित फिल्म ‘नाई न भन्नु ल ५’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ । पहिलो साता दर्शकलाई आकर्षण गर्न सफल यो फिल्म दोश्रो सातामा पनि थुप्रै हलमा प्रदर्शनरत छ ।

मल्टीस्टारर फिल्म ‘नाईं नभन्नू ल ५’ ले पहिलो साता निकै राम्रो कमाइ गर्यो । फिल्ममा निरुता सिंह, दिलिप रायमाझि, स्वस्तिमा खडका, केकी अधिकारी, प्रियंका कार्की, नवनायक अभिषेक नेपाल र बाल कलाकार अनुभव रेग्मी र सेडिना शर्माको अभिनय रहेको छ । सामिप्य तिमल्सेना र विकास राज आर्चायको लेखन रहेको यो फिल्ममा बसन्त सापकोटाको संगीत र कोरियोग्राफि कविराज गहतराजको रहेको छ । छायाँकन पुरुषोत्तम प्रधानले गरेका छन् ।

याम थापाले निर्देशन गरेको फिल्म ‘मेरी मामु’ यसै शुक्रबारदेखि प्रदर्शनमा आएको छ । सन्तोष सेनले निर्माण गरेको फिल्ममा उनका छोरा आयुब सेनको मुख्य भूमिका रहेको छ । आयुबसँगै नायक सारुक ताम्राकार र नायिका अश्लेषा ठकुरी, कुसुम गुरुङ, भूवन चन्द, दुर्गा मल्ल, कृजन गौतम, शुभम बिष्ट लगायतको अभिनय छ

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha