मोफसलका ८ शहर घुम्दै धिरज र साम्राज्ञी

केही समययता मोफसल पुगेर गरिने फिल्मको प्रचार अपरिहार्य जस्तै हुन आएको छ । यस्तैमा असोज ५ गतेबाट प्रदर्शन हुने फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को टिम पनि ले मोफसल टुर गर्ने भएको छ ।

‘इन्टु मिन्टु लण्डनमा’ को मोफसल यात्रा भाद्र १६ गते विर्तामोडबाट सुरु हुनेछ । भाद्र १७ मा दमक, भाद्र २२ मा इटहरी र विराटनगर, भाद्र २३ मा धरान, भाद्र २६ मा पोखरा, भाद्र २७ मा चितवन र भाद्र २८ मा वुटवलमा कन्सर्ट हुनेछ भने भाद्र २९ मा नेपालगञ्ज पुगेर सकिनेछ । प्रोमो :

मोफसल टुरमा नायक नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह सहभागी हुनेछन् । कोरियोग्राफर रेनशा वान्तवा राइको डेव्यु निर्देशन रहेको फिल्मको टिजर रिलिज भएसँगै चर्चामा छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha