‘बाँध मायाले’ प्रोमो : अर्जुन र श्रद्धाको रुवाउने प्रेम

आर्यन अधिकारी र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘बाँध मायाले’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक प्रोमोमा आर्यन र सृष्टिबिचको गहिरो प्रेमसँगै दुईबिचको द्धन्द्ध देख्न सकिन्छ । उनीहरु फिल्ममा अर्जुन र श्रद्धाको भूमिकामा छन् । फिल्म असोज ५ गते प्रदर्शनमा आउँदैछ । ट्रेलर हेर्नुस् :

फिल्मको प्रोमोमा आर्यन र सृष्टिसँगै नव नायक किशोर खड्का, कलाकारहरु राजाराम पौडल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिंग पनि प्रस्तुत छन् । निर्देशक सविर श्रेष्ठ प्रोमोले दर्शकको ध्यान तान्ने बताउँछन् । ‘बाँध मायाले’को टिजर र गीत पश्चात प्रोमो सार्वजनिक गरिएको हो । फिल्मको थप दुई गीत बाँकी रहेको निर्देशक श्रेष्ठ बताउँछन् ।

काइट्स इन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्म ‘बाँध मायाले’ मा रामहरी धिताल र बिभिषिका श्रेष्ठ निर्माताको रुपमा रहेका छन् भने सह निर्मातामा महेन्द्र अधिकारी र केदार धिताल छन् । अर्जुन पोखरेलेको संगीत, बाबु श्रेष्ठको छायाँकन र रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन छन् । कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha