अनुभव, प्रियंका र आयुष्मानको मनकी उजेली

फिल्म ’नाइँ नभन्नु ल’ सिरिज मार्फत आफुलाई स्थापित गरेका कलाकार प्रियंका कार्की र अनुभव रेग्मी अभिनय रहेको ’मनकी उजेली’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो :

भिडियोमा अनुभव र प्रियंकासँगै आयुष्मान देशराज जोशी पनि फिचर्ड छन् । प्रियंकाको माया पाउने प्रयत्न गरिरहेका आयुष्मानको तगारो भने अनुभव बनेका छन् । म्युजिक भिडियोमा अनुभवलाई केहि भिन्न रुपमा प्रस्तुत गरिएको छ ।

नारायण भण्डारी जनकपुरी’ को शब्द र संगीत रहेको गीतमा दीपक महर्जनको स्वर रहेको छ । सुबोल थापाको कोरियोग्राफी रहेको गीतलाई बुद्ध थापाले छायाँकन गरेका हुन् । विकाश धमलाको सम्पादन रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha