असोजको अन्तिममा अर्जुन पोखरेल एकल साँझ हुने

अर्जुन पोखरेल एकल साँझ हुने भएको छ । अहिलेका चर्चित अनि व्यस्त संगीतकारलाई लिएर बिन्दावासिनी फाउन्डेसनको आयोजनामा मुक्तिनाथ बिकास बैंकले असोजको अन्तिम साता एकल साँझ गर्न लागेको हो ।

अर्जुन पोखरेल एकल साँझमा अर्जुन सँगै उनले संगीत तथा स्वरमा सहकार्य गरेका अन्य चर्चित गायक र गायिकाले पनि आफ्नो प्रस्तुत दिनेछन् । जसमा सुगम पोखरेल, अञ्जु पन्त, प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, मञ्जु पौडेल, रामजी खाँड, सुरेश लामा, स्वेच्छा ठकुरी, सन्तोष लामा लगायत झण्डै एक दर्जन उक्त साँझका लागि तय भएका छन् ।

यो साँझमा संगीतकार शक्ति वल्लभ लाइफ टाइम अचिभ्मेन्ट अवार्ड दिइनेछ भने गायक सुगम पोखरेललाई संगीत रत्न सुगम सम्मान प्रदान गरिनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha