कन्सर्टमा देखिएको प्रदीपको क्रेज हलमा के होला ?

नायक प्रदीप खड्का ‘रोज’ फिल्मको मोफसल प्रचारमा छन् । मोफसलका मुख्य शहरमा कन्सर्ट गर्दै गरिएको फिल्मको प्रचारमा दर्शकको संख्या उल्लेख्य देखिएको छ । दर्शकको यो सहभागितामा युवा स्टार प्रदीप खड्काको फ्यान क्रेज लोभलाग्दो छ ।

हालसम्म सम्पन्न पोखरा, चितवन र बुटवलको कन्सर्टमा नायक खड्कालाई फ्यानले न्यानो माया दिएका छन् । कन्सर्टमा प्रदीपले पाएको यो माया भदौ २२ गते हलमा ‘रोज’ लाग्दा पनि पाउलान् ? सबैमाझ यो चासोको विषय बनेर आएको छ । प्रदीपसँगै कन्सर्टमा नायिकाद्वाय मिरुना मगर, पारमिता राज्यलक्ष्मी राणा र गायक प्रदाप दास सहभागी छन् ।

उसो प्रदीपका लागि कन्सर्ट फलिफाप बन्दै आएको छ । फिल्म ‘प्रेम गीत २’ र ‘लिलिबिली’ मा गरिएको कन्सर्टले हलमा दर्शक तान्न राम्रो काम गरेका थिए ।

तर पछिल्लो समय रोड कन्सर्ट बेकार बन्दै गैरहेका छन् । केही फिल्ममा कन्र्सटमा देखिएका पाँच प्रतिशत दर्शक पनि हलमा आएका छैनन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha