९ दिनमा ‘नाईं नभन्नू ल ५’ को कलेक्सन कति छ ?

फिल्म ‘नाईं नभन्नू ल ५’ ले बक्स अफिसमा आफ्नो शानदार कलेक्सनलाई जारी राखेको छ । प्रदर्शनको दोश्रो शनिबार पनि हलमा दर्शकको चाप उच्च हुँदा हालसम्म फिल्मले चार करोड तीन लाखको कलेक्सन गरेको यसका वितरक सुनिल कुमार थापा बताउँछन् ।

वितरक मानन्धरका अनुसार गत भदौ ८ गते प्रदर्शनमा आएको ‘नाईं नभन्नू ल ५’ ले प्रदर्शनको ९ दिनमा अल नेपालबाट चार करोड ३० लाखको कमाइ गरेको हो । सर्वाधिक कमाइ गरेको ‘नाईं नभन्नू ल’ को दोश्रो सिरिजलाई पनि पाँचौ श्रृंखलाले जित्ने दाबी वितरक मानन्धरको छ । ‘नाईं नभन्नू ल २’ ले करिब साढे पाँच करोडको कलेक्सन गरेको थियो । अनुभव र सेड्रिना सँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

विकासराज आचार्यको लेखन, निर्माण तथा निर्देशन रहेको फिल्म ‘नाईं नभन्नू ल ५’ मा अनुभव रेग्मी र सेड्रिना शर्माको मुख्य भूमिका रहेको छ । यी दुई बाल कलाकारसँगै फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपालको अभिनय छ । दीलिप रायमाझी र निरुता सिंहको फिल्ममा विशेष भूमिका छन् । अनुभव, सेड्रिना र स्वस्तिमासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha