‘कथा काठमाण्डू’को प्रोमोमा के छ ?

फिल्म ‘कथा काठमाण्डू’को प्रोमो सार्वजनिक गरिएको छ । गीतमा जस्तै फिल्मको प्रोमोमा पनि नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरीको बोल्ड दृश्य समावेश गरिएको छ । प्रोमो हेर्नुस् :

सञ्चारकर्मी संगीता श्रेष्ठ निर्देशित फिल्म कथा काठमाण्डूमा प्रियंका र प्रमोदसँगै संजोग कोइराला, सन्ध्या केसी, आयुष्मान देशराज जोशी र प्रेक्षा अधिकारीको मुख्य भूमिका रहेको छ । पहिलो गीत रिलिज भएसँगै चर्चामा आएको कथा काठमाण्डू असोज १२ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मले काठमाण्डूको कलो पक्षलाई प्रस्तुत गर्न खोजेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha