‘…काठमाण्डू’को बोल्ड भूमिका बारे बल्ल बोलिन् प्रियंका

फिल्म ‘कथा काठमाण्डू’को गीत सार्वजनिक भएसँगै नायिका प्रियंका कार्कीले निकै आलोचना भोग्नु पर्यो । गीतमा उनले दिएका बोल्ड दृश्यलाई लिएर दर्शकले विभिन्न खाले टिकाटिप्पणी गरे । चर्को आलोचना पछि प्रियंकाले उक्त गीत आफ्नो फेसबुक वालमा सेयर गर्ने हिम्मत गर्न सकिनन् । प्रोमो :

गीतको आलोचना पचाएकी प्रियंकाले ‘कथा काठमाण्डू’को ट्रेलर भने आफ्नो फेसबुक वालमा सेयर गरेकी छिन् । स्टाटसमा प्रोमो सँगै उनले ‘कथा काठमाण्डू’को आफ्नो भूमिका र फिल्मबारे पनि छोटकरीमा उल्लेख गरेकी छिन् । फिल्मको भूमिका आफ्नो लागि निकै चुनौतीपूर्ण रहेको समेत उनले आफ्नो स्टाटसमा उल्लेख गरेकी छिन् । थप कुरा प्रियंकाको स्टाटसमा पढ्नुहोस् :

‘कथा काठमाण्डू चलचित्रमा रहेको मेरो पात्रले हाम्रै समाजमा लुकेको वा देखिएर पनि नदेखिएको अनि देख्न नचाहिएको पात्रको कथा भन्छ । महिला हिंसा, लागु औषध दुव्र्यसनी, जवरजस्तीकरणी लगायतका कुराहरुबारे हामी ‘सभ्य समाजका’ प्राणीहरु देखेर, बुझेर अनि के गर्नु पर्छ थाहा भएर पनि कमै बोल्छौ । मैंले यो पात्र यस चलचित्र भित्र भोगेकी छु ।
यस चलचित्रको गीत आउँदा मेरो पात्र बारे थोरै थाहा पाउनु भएको थियो । ट्रेलर हेरिसक्दा चलचित्र भित्रको मेरो पात्र बारे अझै धेरै प्रष्ट हुनुहुनेछ । पात्र कथा संगै बहन्छ, कथा जता बग्यो पात्र त्यतै । यो पात्र मेरो लागि निकै चुनौतीले भरिएको थियो ।

सुन्दर रूपमा प्रस्तुत भएकोमा ‘टिमलाई धन्यवाद’ । पात्र नबुझी ‘प्रतिकृया’ नदिनुहुनेरुमा पनि धन्यवाद । यस्तो चुनौतीपूर्ण विषयको चलचित्रमा आवद्ध हुने अवसर पाएकोमा, अनि यस भित्रको पात्र ‘बाँच्ने’ मौका पाएकोमा आफूलाई गौरवान्वित महशुस गरेकिछु । सबैमा माया !’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha