‘रोज’ बाट प्रताप दासको सिन काटियो !

नेपाल आइडलका सेकेण्ड रनरअप प्रताप दासको स्वर नेपाली सुगम संगीतमा विस्तारै गुञ्जिदै छ । आइडल सकिए लगत्तै प्रतापद्वारा स्वरवद्ध फिल्म ‘लिलिबिली’को ‘इज इट लभ’ बोलको गीतले राम्रै चर्चा पाएको थियो । लिलिबिली पछि प्रतापले गाएको रोज फिल्मले गीतले चर्चा पाउँदैछ ।

फिल्म ‘रोज’ मा समावेश ‘फूल हैन’ बोल लिएर प्रताप यतिबेला मोफसल टुरमा निस्किएका छन् । उनीसँगै फिल्मका नायक प्रदीप खड्का, दुई नायिका मिरुना मगर र पारमिता राज्यलक्ष्मी राणा कन्सर्टमा सहभागी छन् । रोजको कन्सर्टमा सहभागी भएका प्रतापको कतै भदौ २२ गतेबाट प्रदर्शनमा आउने फिल्ममा अभिनय त छैन ? आइतबार इटहरीमा आयोजित प्रेसमिटमा सञ्चारकर्मीले उनलाई प्रश्न गरे ।

सञ्चारकर्मीको यस प्रकारको प्रश्नमा प्रताप केहिबेर रोकिए । उत्तर दिनुअघि छेउमै रहेका नायक प्रदीप खड्का तर्फ हेर्दै ‘सुटिङ भएको थियो तर मेरो सिनमात्र काटियो’ भन्ने जवाफ दिए र मुसुक्क हाँसे । तर उनले रोज मा आफ्नो अभिनय नरहेको प्रष्ट्याए । यद्पी राम्रो फिल्ममा कामगर्ने इच्छा रहेको प्रतापले खुलाए । ‘यदि राम्रो फिल्मका लागी अफर आउँछ भने म गर्न तयार छु, किनकी मलाई पहिले देखी फिल्ममा अभिनय गर्ने इच्छा छ’, प्रतापले भने । गीत हेर्नुस् :

कार्यक्रममा नायक प्रदीप खड्का र नायिका मिरुना मगरले ‘रोज’को बिषयमा जानकारी गराए । आइतबार इटहरी र धरानको कन्सर्ट सकेलगत्तै सोमबार टिम झापा पुगेको छ । झापामा दमक र बिर्तामोडमा कन्सर्ट गरे लगत्तै टिम काठमाडौं फर्किनेछ । काठमाडौंमा पनि दुई ठाउँमा कन्सर्ट गरिने निर्माण नियन्त्रक बुद्धलालले जानकारी दिए । उद्धव पौडेल प्रस्तुतकर्ता रहेको रोज लाई निरक पौडेलले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha