‘रोज’ कन्सर्टमा रोज बाँड्दै प्रदीप खड्का (फोटो फिचर)

‘रोज’ टिमले गरेको मोफसल कन्सर्टमा उल्लेख्य रुपमा दर्शकको सहभागी भैरहेका छन् । नायक नायिका देखि गायक सम्मले मोफसलका दर्शकलाई रमाइलो दिइरहेका छन् । नायक प्रदीप खड्काले त कन्सर्टमा सहभागी युवायुवतीलाई रोज र फिल्मको नाम अंकित टिसर्ट समेत वितरण गरिरहेका छन् ।

प्रदीपले लगातार केहि दिन देखी देशका विभिन्न ठाउँमा गरिएको कन्सर्ट भन्दा इटहरी र धरानमा अझ धेरै दर्शकको साथ मिलेको बताए । ‘म यो भन्दा अघिका फिल्मका लागी पनि यसैगरी कन्सर्टका लागी आएको थिएँ, त्यतिखेर पनि दर्शकले निकै ठुलो साथ दिनुभएको थियो, आजपनि त्यो भन्दा ठ’लो साथ पाएँ’ प्रदीपले भने । यस्तै उनले थुप्रै फ्यानहरुसँग तस्बिर खिचाएका थिए ।

नायिका मिरुना र पारमिताले पनि फिल्मको बिषयमा कन्सर्टमा सहभागी दर्शकलाई जानकारी गराए । धरान पुग्दा नायिका मिरुनालाई उनका फ्यानले बिशेष स्वागत गरे । मिरुनाको गृहजिल्ला भएकाले पनि उनका फ्यानले ‘वि लभ मिरुना’ लेखेको प्ले कार्ड लिएर उनलाई भेट्ना आएका थिए । गायक प्रताप दास र प्रज्ञा श्रेष्ठले फिल्म ‘रोज’ को ‘फूल हैन’ बोलको गीत गाउँदा दर्शकबाट हुटिंग आएको थियो । यस्तै हाँस्य कलाकार दिनेश काफ्लेको कमेडी सम्वादले दर्शकले मनोरञ्जन लिइरहेका थिए ।

फिल्म युनिट सोमबार झापा पुगेको छ । आज झापाका दमक र बिर्तामोडमा कन्सर्ट सके लगत्तै मोफसलको कन्सर्ट सकिने निर्माण नियन्त्रक बुद्धिलाल मगरले जानकारी दिए । बुद्धिका अनुसार काठमाडौंमा मंगलबार दुई ठाउँमा कन्सर्ट गरेसँगै देशब्यापी कन्सर्ट सकिनेछ । उद्धव पौडेलको प्रस्तुतीमा निरक पौडेलले निर्देशन गरेको रोज यहि भदौको २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha