दीपा र नीतालाई अमेरिकामा अवार्ड, अरु कस्ले पाए ?

अमेरिकास्थित सिकागो शहरमा आइतबार सम्पन्न नेम्पा पपुलर फिल्म अवार्ड २०१८ मा फिल्म ‘छक्का पञ्जा २’ ले पपुलर फिल्मको अवार्ड पाएको छ । यसै फिल्मबाट निर्देशक दिपाश्री निरौलाले पपुलर निर्देशकको अवार्ड उचालिन् ।

पपुलर नायकको अवार्ड नायक अनमोल केसीले पाए भने नायिकातर्फ साम्राज्ञी राज्यलक्ष्मी शाहले अवार्ड पाइन् । सह नायकको अवार्ड जितु नेपाल र नायिका तर्फ नीता ढुंगानाले पाइन् । सुप्रसिद्ध हाँस्य कलाकारको अवार्ड केदार घिमिरे र विल्सन विक्रम राईलाई दिइयो । पपुलर गायक सत्य स्वरुप र गायिकामा अञ्जु पन्तलाई अवार्ड दिइयो ।

अवार्ड समारोहमा कलाकार सुनिल थापालाई लाइभ टाइभ अचिभ्मेन्ट अवार्ड प्रदान गरियो भने युग नायकको रुपमा भुवन केसीलाई सम्मान गरियो । गेहेन्द्र धिमाललाई अचिभ्मेट अवार्ड प्रदान गरियो । भुवन केसी, दिपाश्री, नीता, केदार, विल्सन लगायतको टोली अवार्डमा सहभागी हुन अमेरिका पुगेको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha