धमलाको हमलामा किन रोइन् पूजा शर्मा ?

सञ्चारकर्मी ऋषि धमलाले चलाउने धमलाको हमला शो चर्चित छ । जनता जान्न चाहान्छन् भन्दै धमला आफ्नो शोमा विभिन्न क्षेत्रका व्यक्तिलाई र्याखार्ख पार्ने गर्छन् । यस्तैमा ‘रामकहानी’ नायिका पूजा शर्मा पनि ‘धमलाको हमला’ मा पाहुन बन्न गइन्, जहाँ उनी रुन बाध्य भइन् । किन रोइन त धमलाको हमालामा पूजा ? भिडियो :

आमा र बुवाको सम्बन्धलाई धमलाले कोट्याउँदा पूजा भावुक हुँदै रुन पुगेकी हुन् । तपाईंको आजको यो पोजिसनमा आमाको साथ छ, बुवाको छैन हो ? भनेर धमलाले आफ्नो शोमा पूजालाई प्रश्न गरेका छन् । यस प्रश्नमा त्यस्तो नभएको जिकिर गर्दा पनि पूजालाई धमलाले प्रश्न गर्न छोडेनन् । बुवाले अर्को बिवाह गर्नु भएको हो ? भन्दा हैन भन्ने पूजाले जिजिर गरेकी छिन् ।

‘बुवालाई भेट्न चौतारा जान्छु’ भन्दा भन्दै पनि धमला फेरी सोध्छन्, ‘बुवालाई फोन गरेर आमालाई माया गर्नुस भनेर भन्न सक्नु हुन्छ ?’ धमलाको यो प्रश्नबाट पूजा भावुक हुन्छिन् र ‘यो कुरा नगरौं’ भन्दै रुन पुग्छिन् । काउली बुढी उर्फ सन्ध्या बुढा र रामकहानी टिमसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

‘सम्बन्ध भनेको आफैंले बनाउने हो । करकापमा हुने होइन्’, पूजा भन्छिन्, ‘त्यो सयममा छोरा चाहिन्छ भनेपछि मेरो आमा मेरो लागि घर छाडेर काठमाण्डू आउनु भएको हो ।’ आमा र बुवा छुट्टै बसेपनि अहिले भने सम्बन्ध राम्रो भएको पूजाको भनाई छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha