सेड्रिनाको आँखामा छन् अनुभव (भिडियो)

फिल्म ‘नाईं नभन्नू ल ५’ को ‘यी आँखामा तिमी छौ’ बोलको गीत सार्वजनिक गरिएको छ । बसन्त सापकोटाको संगीत रहेको गीतमा मेलिना राईले स्वर दिएकी छिन् भने शब्द कृष्ण हरी बरालले लेखेका छन् । अनुभव रेग्मी र सेड्रिना शर्मा फिचरिंग भिडियो हेर्नुस् :

‘यी आँखामा तिमी छौ’ गीत ‘नाईं नभन्नू ल २’ मा समावेश सुपरहिट गीत हो । उक्त गीतमा बाल गायक प्रेम परियारले स्वर दिएका छन् । संगीत र शब्द क्रमशः बसन्त सापकोटा र कृष्णहरी बरालकै छ । उक्त गीतको भिडियोमा अनुभव र सुज्ञानी भट्टराई प्रस्तुत छन् । यो पनि भिडियो हेर्नुस् :

विकासराज आचार्यको निर्माण तथा निर्देशन रहेको फिल्म नाईं नभन्नू ल २ सिरिज मध्येको सर्वाधिक कमाइ गर्ने फिल्म हो । हाल प्रदर्शनरत फिल्म नाईं नभन्नू ल ५ ले पनि बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । अनुभव र सेड्रिनासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha