दार्जिलिङका कलाकारिताका युवाले खोले ‘ईनफर्नो’

दार्जिलिङको मिरिकमा रहेर मिडियामा तथा कलाकारिताको क्षेत्रमा कार्यरत युवाहरुले आगामी दिनमा अझ सशक्त रुपमा काम गर्ने उद्देश्यले ‘ईनफर्नो’ नामक संस्थाको सुरुवात गरेका छन् ।

कृष्णजन्माष्टमीको अवसर पारेर मिरिकमा आयोजना गरिएको कार्यक्रममा जि टि ए, गोरखाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसनका सम्पर्क अधिकारी अरुण शिङचीको प्रमुख आतिथ्य रहेको थियो । उक्त कार्यक्रममा नेपाली फिल्मका बरिष्ठ नृत्य निर्देशक कमल राई, प्रस्तोता समाज नेपालका सि ई ओ तथा गायक नारायण कडरियाको समेत उपस्थिति रहेको थियो ।

युवाहरुलाई उनिहरुको लगाव र क्षमताको पहिचान गरेर उक्त विधामा निपुण बनाउँदै योग्य र आत्मनिर्भर बनाउने संस्थाको लक्ष्य रहेको संस्थाका सि ई ओ तथा चर्चित मोडल प्रतिक प्रधानले बताए ।

विभिन्न गीत तथा नृत्य सहितको कार्यक्रमको मुख्य आकर्षण फेसन शो रहेको थियो । दर्जन बढी मोडलहरुले भारतमा हालै उत्कृष्ठ ईथ्निक डिजाइनरको अवार्ड जितेकी अलका शर्माको पहिरनमा र्याम्प वक गरेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha