दीपा, नीता र निशाको अमेरिकामा मस्ती (फोटो फिचर)

नेम्पा पपुलर अवार्डको लागि गत साता झण्डै आधा दर्जन कलाकार अमेरिका गएका थिए । सपनाको शहर जानेहरु मध्ये निर्देशक दिपाश्री निरौला र नायिका नीता ढुंगाना नेपालको इयरपोर्ट देखि अपडेट थिए ।

दीपा र नीताले नेपालबाट उड्दा देखि अमेरिका ल्यान्ड गर्दा सम्मको फोटोको बर्षा फेसबुकमा गराए । ‘छ एकान छ’ मा सहकार्य गरेका निर्मात्री र नायिकासँग थपिइन्, गायिका निशा सुनार । जो निर्माता तथा निर्देशक निरौलासँग निकै नजिक छिन् । दिपा र निशाले गत साल तीन गीतमा सँगै कम्मर मर्काएका थिए ।

झण्डै एक सालपछि अमेरिकामा भेट भएका दिपा र निशाले विफी खिच्दै फेसबुकमा पोस्ट गरेका छन् । साथमा छिन् नीता पनि । हेर्नुस्, दिपा, निशा र निशाको ६ तस्बिर :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha