टुंडिखेलमा ‘रामकहानी’को प्रचार, सेन्सरबाट पिजी पत्र

प्रदर्शन मिति नजिकिएसँगै ‘रामकहानी’ टिमले आफ्नो प्रचारलाई तिव्रता दिइरहेको छ । प्रचारलाई तिव्रता दिने क्रममा सोमबार फिल्मका मुख्य कलाकार नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र कलाकार जितु नेपाल, राजाराम पौडेल काठमाण्डौको टुँडिखेलमा आयोजना भएको गौरा पर्वमा सहभागी भए ।

देशका चर्चित नेताहरु समेत उपस्थित भएको गौरा पर्वको कार्यक्रममा पुगेका कलाकारले दर्शकसँग रामकहानीको बिषयमा भलाकुसारी कुरे । उनीहरुले, नेताहरुसँगै देउडा नाँच समेत नाचेका थिए । टुँडिखेलमा उपस्थित दर्शकमाझ फिल्मको बिषयमा कुरा गर्न पाउँदा खुशी लागेको नायिका पूजा शर्माले बताइन् । कार्यक्रम सकिएपछि उनीहरुलाई कार्यक्रम स्थानबाट बाहिरिन हम्मे हम्मे परेको थियो । फ्यानहरुले सेल्फी खिच्नका लागि तँछाडमँछाड गर्दा केही समय पूजा र आकाश भीडमै अल्झिएका थिए ।

सुदर्शन थापा निर्देशित यो यही शुक्रबार भदौ २२ गतेदेखि प्रदर्शन हुँदैछ । फिल्ममा पूजा, आकाश, जितुसँगै केदार घिमिरे, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेल लगायतको अभिनय छ । फिल्ममा संगीत अर्जुन पोखरेलले दिएका छन् ।

यस्तै सोमबार ‘रामकहानी’को सेन्सर भएको छ । सेन्सर पछि फिल्मलाई पिजी प्रमाण पत्र दिइएको छ । यसको अर्थ फिल्म हेर्न १६ मुनिका दर्शकले अभिभाव लिएर जानुपर्नेछ । फिल्ममा समावेश केही हरर दृश्यले गर्दा सेन्सरबाट पिजी प्रमाण पत्र पाएको निर्देशक थापाले बताए । ‘रामकहानी’ टिम र काउली बुढीसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha