‘ब्याचलर बन्टी’ मा अनमोल र उकुसाको जोडी

विभिन्न सौन्दर्य प्रतियोगीतामा सहभागीता जनाएकी उकुसा गिरी फिल्म ‘ब्याचलर बन्टी’ का लागि मुख्य नायिकामा फाइनल भएकी छन् । मिस एसिया २०१७ की विजेता समेत रहेकी उकुसाले युवा स्टार अनमोल केसीसँग स्क्रिन सेयर गर्ने भएकी हुन् ।

उकुसा थुप्रै र्याम्प शो, पेपर एड लगायतका थुप्रै ब्राण्डका विज्ञापनमा देखिइसकेकी छिन् । ब्याचलर बन्टी उनी अभिनित पहिलो फिल्म हुनेछ । सुदिप खड्का प्रोडक्सन र चाम्स इम्टरटेनन्टको संयुक्त प्रस्तुती रहेन फिल्मलाई मिलन चाम्सले निर्देशन गर्नेछन् । यसका निर्माता सुदिप खड्का हुन् ।

फिल्मका मुख्य कलाकार तय भएसँगै ब्याचलर बन्टी छायाँकनको मिति पनि तय गरिएको छ । निर्माण कम्पनीका अनुसार फिल्मको सुटिङ सुरु दशैं लगत्तै सुरु हुनेछ । कमेडी लभ स्टोरी फिल्मको छायाँकन युरोका विभिन्न ठाउँमा हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha