राष्ट्रपतिबाट जितु नेपाललाई प्रबल जनसेवा श्री प्रदान

चर्चित हाँस्य व्यांग्य कलाकार जितु नेपाल प्रबल जनसेवा श्री सम्मानबाट सम्मानित भएका छन् । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार नेपाललाई यो सम्मान प्रदान गर्नु भएको हो ।

‘नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा तपाईबाट भएको उल्लेखनीय योगदानको सम्मान स्वरुप प्रबल जनसेवा श्री द्वारा विभूषित गरिएको छ’, प्रधानमन्त्री के.पी. शर्मा ओली र विभूषण समितिका अध्यक्ष ईश्वर पोखरेलद्वारा हस्ताक्षरित सम्मान पत्रमा उल्लेख छ । राष्ट्रपतिबाट प्रबल जनसेवा श्री सम्मान पाएपछि जितु लाई समाजिक सञ्जालमा बधाईको ओइरो छ ।

साप्ताहिक हाँस्य टेलिफिल्म ‘जिरे खुर्सानी’मा मुन्द्रेको भूमिका निभाएर चर्चामा आएका जिुत नेपाल पछिल्लो सुपरहिट सिरिज ‘छक्का पञ्जा’ फिल्म का निर्माता तथा कलाकार हुन् । उनी अभिनित पछिल्लो फिल्म ‘रामकहानी’ यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha