‘मलाई कोरियोग्राफर भन्नुस्’ : ‘इन्टु मिन्टु लण्डनमा’ निर्देशक

कोरियोग्राफर रेनशा वान्तवा राई फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ बाट निर्देशन बनेकी छन् । तर उनले आफु निर्देशक भैनसकेको बताइन् । ‘म आफुलाई कोरियोग्राफर नै भन्न रुचाउँछु’, बुधबार आयोजित फिल्मको नयाँ गीत रिलिज प्रेसमिटमा रेनशाले भनिन् ।

‘फिल्म निर्देशन सिक्दैछु’, रेनशाले भनिन्, ‘कोरियोग्राफी गरेको एक दशकपछि निर्देशन गरेको हुँ । त्यसैले मलाई निर्देशक भन्दा पनि कोरियोग्राफर भन्दा हुन्छ । फिल्म ‘मेरो एउटा साथी छ’ बाट नृत्य निर्देशनको यात्रा सुरु गरेकी रेनशाले दर्जन बढी सुपरहिट फिल्मको कोरियोग्राफी गरेकी छन् ।

नृत्य निर्देशनको विधामा स्थापित रेनशाको पहिलो निर्देशकिय फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ कस्तो होला भन्ने यतिबेला फिल्म नगरीमा चर्चा र चासोको विषय बनिरहेको छ । उसो त फिल्मको गीत, संगीत र प्रोमोले दर्शकको ध्यान तान्न सफल भएको छ ।

लभ स्टोरी फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ मा धिरज मगर र साम्राज्ञी राज्य लक्ष्मी शाह मुख्य भूमिकामा प्रस्तुत भएका छन् । सँगै शारुक ताम्रकार, सुनिशा बजगाईं, रुवी राणा लगायतको अभिनय छ । फिल्म असोज ५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha