‘धिरज मगर अपकमिङ्ग सुपरस्टार’ : राजेश पायल

युकेमा बसेर युट्युवमा भल्ग गर्ने धिरज मगरको यतिबेला फिल्म नगरीमा राम्रो चर्चा छ । डेव्यु फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ बाटै धिरज नोटिस भएका छन् ।

यता ‘राइ इज किंग’को नामले परिचित गायक राजेश पायल राई त धिरजलाई फिल्म क्षेत्रका उदाउँदा सुपरस्टारको संज्ञा दिएका छन् । बुधबार आयोजित फिल्मको नयाँ गीत सार्वजनिक कार्यक्रममा राजेशले धिरजलाई अपकमिङ्ग सुपरस्टार भन्दै सम्बोधन गरे । पहिलो फिल्ममै राम्रो काम गरेकाले धिरजलाई राजेशले त्यसो भनेका हुन् रे ।

उसो त पछिल्लो समय स्टार र सुपरस्टारको ट्याग भिराउने प्रतिस्पर्धा नै चल्दै आएको छ । प्रदीप खड्का, पल शाह लाई स्टार भन्नेहरुले अनमोल केसीलाई त मेघा स्टार समेत भन्न भ्याएका छन् । राजेश पायल राईले भने जस्तै ‘इन्टु मिन्टु लण्डनमा’ का नायक धिरज मगर बन्लान् त सुपरस्टार ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha