साम्राज्ञी र शारुकको जोडी भावीले जुरायो (भिडियो)

फिल्म इन्टु मिन्टु लण्डनमा को तेश्रो गीत सार्वजनिक गरिएको छ । ‘जुुरायो जुरायो’ बोलको गीतमा बसन्त सापकोटाको संगीत तथा शब्द छ । स्वर राजेश पायल राई र मेलिना राईले दिएका छन् । साम्राज्ञी राज्यलक्ष्मी शाह र शारुक ताम्रकार प्रस्तुत गीतको भिडियो यस्तो बनेको छ :

बिहे समारोहको यस गीतको भिडियोलाई विक्रम लामा र एञ्जिला खत्रीले कोरियोग्राफी गरेका छन् । इन्टुमिन्टु लण्डनमा को उडायो हावाले गीत हिट भैसकेको छ भने लण्डनमा बोलको गीतले पनि चर्चा कमाइरहेको छ । फिल्मको प्रोमोले थप हाइप दिइरहेको छ ।

रेनशा वान्तवा राईको डेव्यु निर्देशन रहेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ असोज ५ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा धिरज मगर साम्राज्ञीको मुख्य भूमिका छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha