‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्वर’लाई १ करोड

फिल्म ‘छक्का पञ्जा ३’ को गीतले छोटो समयमै युट्युवमा एक करोड बढी भ्युज पाएको छ । दीपक शर्माको संगीत र राजेन्द्र थापाको शब्द रहेको ‘पहिलो नम्वरमा’ गीतलाई अपलोड गरिएको ३७ दिनमा एक करोड भन्दा बढी पटक हेरिएको हो । गीत :

डेविड शंकर र विन्दु परियारको स्वर रहेको गीतले एक करोड भ्युज पाएकोमा केक काट्दै ‘छक्का पञ्जा ३’ ले खुसीयाली बाँडेको छ । निर्देशक दिपाश्री निरौला र निर्माता तथा कलाकार दीपकराज गिरीको समुहले बिहिबार रेडियो अडियोको प्रांगणमा केक काटेर खुसीयाली बाँड्यो । संगीतकार दीपक शर्माको जन्मदिन पनि बिहिबारै परेकाले टिमले दोहोरो खुसी साट्यो ।

छक्का पञ्जा ३ को अर्को गीत आउँदो साता सार्वजनिक गरिने निर्देशक निरौलाले बताइन् । ‘ट्रेलर चाहिं असोजको पहिलो साता आउँछ’, दीपकले भने । फिल्मको हालसम्म पहिलो नम्वरमा गीत मात्रै सार्वजनिक गरिएको छ ।

‘छक्का पञ्जा ३’ मा दीपकराज, दिपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामांग, प्रियंका कार्की, संजोग कोइराला लगायतको अभिनय छ । नायिकाद्वा बर्षा राउत र स्वस्तिमा खड्काले भने ‘पहिलो नम्वरमा’ मात्रै कम्मर मर्काएका छन् । फिल्म दशैंमा रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha