हाँस्य संवादले भरिपूर्ण ‘जय भोले’को प्रोमो

फिल्म ‘जय भोले’ को प्रोमो रिलिज गरिएको छ । अशोक शर्माको निर्माण तथा निर्देशन रहेको फिल्मको प्रोमो कमेडीले भरिपूर्ण छ । प्रोमो हेर्नुस :

‘जय भोले’को प्रोमोमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धि तामांग, राजाराम पौडेल, लक्ष्मी गिरी, जयनन्द लामा, बसुन्धरा भूषाल, अशोक शर्मा लगायत कलाकारलाई देख्न सकिन्छ । दशैंमा रिलिज गर्ने भनिएपनि ‘जय भोले’ को प्रदर्शन दिन भने प्रोमोमा पनि उल्लेख गरिएको छैन् । ‘घटस्थापनादेखि पूर्णिमासम्म जुन दिनपनि फिल्म रिलिज हुंन सक्छ’, निर्माता तथा निर्देशक शर्माले बिहिबारको प्रेसमिटमा भने ।

खगेन्द्र लामिछानेको लेखन रहेको ‘जय भोले’ मा पुरुषोत्तम प्रधानको छायाँकन, राजनराज सिवाकोटीको संगीत र बसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको छ । फिल्ममा समावेश ‘उम्लियो भने पोखिन्छ’ बोलको गीत सार्वजनिक भैसकेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha