बाह्र वर्षपछि अशोक र राजेशको अंकमाल !

‘बाह्र वर्षमा खोलो पनि फर्किन्छ’ भने जस्तै निर्माता तथा निर्देशक अशोक शर्मा बाह्र वर्षपछि फिल्म निर्माणमा फर्किएका छन् । ‘मितिनी’ निर्माताले १२ वर्षपछि ‘जय भोले’ बनाएका हुन् ।

‘जय भोले’ बनाएसँगै शर्माको थुप्रै सर्जकसँग पुनःसहकार्य भएको छ । यस मध्येमा पर्न आउँछन् राई राइ किंग अर्थात् सुगम संगीतका सुपरहिट गायक राजेश पायल राई । स्वरमा सम्झिएका अशोकले राजेशलाई सम्मान स्वरुप उनको फाण्डेशनलाई आर्थिक सहयोग पनि गरेका छन् ।

राजेश पायल राईको फाउण्डेशनलाई अशोक शर्माले पच्चीस हजार रुपैयाँ सहयोग स्वरुप हस्तान्तरण गरे । बिहिबार जय भोलेको प्रोमो लञ्च कार्यक्रममा राजेशलाई उक्त रकम प्रदान गरिएको हो ।

नेपाल र अमेरिकामा दर्ता भएको राजेश पायल राई फाउण्डेशनले सामाजिक हितका कार्य गर्दै आइरहेको छ । यद्पी फाउण्डेशनका लागि अहिलेसम्म हात सहयोगको हात नफैलाएको राजेशले बताए । ‘जय भोले’मा राजेशले स्वर दिएको गीत सार्वजनिक हुंन बाँकी छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha