मनोमानी चल्दा गोपिकृष्णबाट उतारियो ‘रामकहानी’

रिलिजको अन्तिम समयमा आएर चावाहिलको गोपिकृष्ण हलमा फिल्म ‘रामकहानी’ नलाग्ने भएको छ । त्यहाँको दुई सय दर्शक क्षमता भएको नमःमा फिल्म लगाउने भएपछि बाध्य भएर फिल्म नलगाउने निर्णय गरेको वितरक सुनिल मानन्धरले बताए ।

‘सुरुमा ठुलो हल कृष्ण दिने कुरा भएको थियो’, वितरक मानन्धरले भने, ‘कृष्णमा लाग्ने भएर पोस्टर समेत टाँगेका थियौं । अन्तिम समयमा आएर कृष्ण नदिइ नमः दिने भएपछि हामीले फिल्म नलगाउने भएका हौं ।’ गोपिकृष्णको सबैभन्दा ठुलो हल गोपिमा ‘रोज’ लगाउने भएको गोपिकृष्णले कृष्ण भने खाली नै राखेको वितरक मानन्धरले बताए । ‘हात त बाँध्यो बाँध्यो आँखामा पनि पट्टी लगाउन खोज्यो’, वितरक मानन्धर कड्किए, ‘खुला प्रतिस्पर्धा गर्न नसक्नेले मैदानमा नआएकै राम्रो !’

उसो त आफ्नो फिल्म लाग्दा अन्य फिल्मलाई गोपिकृष्णले साना पर्दामा सिमित पार्ने गरेको छ । साना पर्दामा सिमित गर्दा यसअघि फिल्म कबड्डी र गाजलुले प्रदर्शनको दोश्रो शोबाट फिल्म उतारेका थिए । गोपिकृष्णको यस्तो रवैयाले धेरै निर्माता रुष्ट हुँदै आएका छन् ।

लामो गरिमा र राम्रो सेयर दिने गोपिकृष्णले अंकुश लगाएर व्यापार गर्न खोजेको धेरै निर्माता तथा वितरकको आरोप छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha