‘रामकहानी’ भर्सेस ‘रोज’, दर्शकको साथ कसलाई ?

भदौ २२ गते, शुक्रबारबाट दुई नेपाली फिल्म ‘रामकहानी’ र ‘रोजी’ प्रदर्शनमा आएका छन् । यी दुई फिल्महरु स्टार र प्रचार प्रसारका कारण चर्चा र प्रतिक्षामा छन् ? निर्माणदेखि नै चर्चामा रहेका ‘रामकहानी र ‘रोज’ले दर्शकलाई हलमा आकर्षण गर्लान् ?

एकसाथ प्रदर्शनमा आएका ‘रामकहानी’ र ‘रोज’ मध्ये व्यापारिक रुपमा कुन अगाडी होला ? दर्शकले कुन फिल्मलाई ताली देलान् ? कुनलाई गाली ? कसले लामो यात्रा तय गर्लान् ? प्रतिक्षा गरौं । यतिबेला भने ‘रामकहानी’ र ‘रोज बारे’ छोटो चर्चा गरौं । ‘रामकहानी’ टिमसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे माग्ने बुढा र जितु नेपाल स्टारर रामकहानीले दर्शकलाई रिझाउला ? लभ स्टोरी फिल्मका अब्बल निर्देशक सुदर्शन थापा कमेडी जनरामा पनि सफल होलान् ? कि उनले थप गृहकार्य गर्नुपर्ला ? लभस्टोरी र कमेडी युक्त फिल्म रामकहानीप्रति यी र यस्तै खाले प्रश्न उब्जिरहेका छन् । यी प्रश्नको जवाफ शुक्रबार साँझसम्म दर्शकले दिने नै छन् । ‘रोज’को प्रोमो हेर्नुस् :

यता युवा स्टार प्रदीप खड्का ‘रोज’ मार्फत दर्शकमाझ भिन्न भूमिकामा आएका छन् । चकलेटी हिरोलाई दर्शकले क्रिमिनल व्वोय को रुपमा रुचाउँलान् ? प्रेम गीत, यसको सिक्वेल र लिलिबिली का दर्शकलाई प्रदीपले पुनः हलमा तान्लान् ? यी र यस्तै प्रश्नले रोज फिल्म प्रदीपको काँधमा चढेको छ ? प्रदीपका लागि रोज कत्तिको भारी होला ? यसको जवाफ पनि दर्शकले शुक्रबार साँझम्म नै दिनेछन् ।

निरक पौडेल निर्देशित फिल्ममा प्रदीपसँगै पारमिता राज्यलक्ष्मी राणा र मिरुना मगर मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha