प्रदीप खड्काको स्टारडम ‘रोज’ले कहाँ पुर्याउला ?

फिल्म ‘प्रेम गीत’ पछि उदाएका नायक हुन्, प्रदीप खड्का । यस पछि उनी अभिनित दुई फिल्म ‘प्रेम गीत २’ र ‘लिलिबिली’ प्रदर्शनमा आए । यी फिल्महरुले पनि दर्शकलाई निराश पारेनन् । तीन फिल्म लगालग सफल भएपछि प्रदीप खड्काको स्टारडमको पर्खाल बलियो बन्दै गएको छ ।

यिनै युवा स्टार अभिनित चौथो फिल्म ‘रोज’ भदौ २२ गतेबाट प्रदर्शनमा आएको छ । यो फिल्मले प्रदीपको स्टारडमको गतिलो परिक्षा लिने फिल्मी विश्लेषकको विश्लेषण छ । कसरी त ? ‘प्रदीप खड्काको स्टारडमका कारण रोजको विषयवस्तु समेत गौण हुन गएको छ’, एक फिल्मी विश्लेषकको भनाई छ, ‘रोजको सम्पूर्ण अभिभारा प्रदीपको काँधमा राखेर हेरिएको छ ।’ फिल्म घोषणा ताका फिल्मको विषयवस्तु शहरको सत्य घटनामा आधारित भनिएको थियो ।

हुन पनि हो निरक पौडेल निर्देशित ‘रोज’ निर्माणको घोषणादेखि नै चकलेटी हिरोको बदलिएको लुक्स र यसको कथाको चर्चा बढी भयो । फिल्मको प्रचार प्रसार पनि प्रदीप केन्द्रित भए । देशका हरेक शहरमा प्रेम गीत हिरोको क्रेज लोभलाग्दो देखियो ।

यसैले ‘रोज’ को व्यापार र प्राप्त हुने प्रतिक्रिया लाई प्रदीपको स्टारडमसँग जोडिएर हेरिएको छ । फिल्मले गर्ने सुरुवाती व्यापार अनि प्रदीपको अभिनय कौशलले उनको स्टारडमा खास अर्थ राख्ने धेरैको बुझाइ छ । ‘रोज’ फिल्मले प्रदीप खड्काको स्टारडमको पर्खालको उचाइ बढाउन मद्धत गर्ला ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha