शिव परियारको नयाँ गीत ‘मलाई म जस्तै बन्न देऊ’

गायक शिव परियारको नयाँ गीत नेपाली संगीतमा नयाँ ‘मलाई म जस्तै बन्न देऊ’ बोलको गीत सार्वजनिक भएको छ । शिव आफ्नै स्वर तथा संगीत रहेको गीतका शब्द महेश आचार्यको छ । ई डी एम् भर्सनमा बनाइएको भिडियो हेर्नुस् :

भिडियोको निर्देशन ‘कथा काठमाण्डू’की निर्देशक संगीता श्रेष्ठले भिडियोलाई निर्देशन गरेकी हुन् । लुजा सिंहले खिचेको यो भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका छन । गीतमा मुख्य अभिनयमा नव कलाकार कृतिका काफ्लेको रहेको छ । ’शिवालय’ एल्बममा समावेश यस गीतलाई सुजिल कर्माचार्यले एरेन्ज गरेका हुन् भने रविन दर्शनधारीले मिक्सिंग गरेका छन् ।

यो गीत शिव परियारको बजारमा आइरहेका गीतहरु भन्दा भिन्न छ । युवा वर्गलाई लक्षित परेर यो गीत तयार गरिएको शिव बताउँछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha