‘गुनगुन’ टिजरमा संचिताले आफैलाई ताकिन् पेस्तोल

फिल्म ’गुनगुन’ को टिजर सार्वजनिक भएको छ । केहि समय अगाडी मात्र आइटम गीत रिलिज गरिएको फिल्मको टिजर युट्युब मार्फत गरिएको हो । सामाजिक कथा वस्तुमा निर्मित फिल्मले भरपुर मनोरञ्जन दिने निर्माण युनिटको भनाइ छ । टिजर हेर्नुस् :

पुकार भट्टराईको निर्देशनमा तयार फिल्मले रिलिज कार्तिक ३० गते हुने घोषणा गरेको छ । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा संचिता लुइँटेल , रविन्द्र प्रताप सेन , सुवास मेचे , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ ।

फिल्ममा हिमाल केसीको द्वन्द , अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ । अस्ट्रेलियामा सेप्टेम्बर ३० मा वर्ल्ड प्रिमियर हुने प्रेम कथामा आधारित यसफिल्मलाई उपत्यका बाहिर आर आर फिल्म्स र उपत्यका सुनिल मानन्धरले वितरण गर्नेछन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha