‘मिडियाले हाम्रो युद्ध गरायो’ : भुवन-रेखा

‘क्याप्टेन’ निर्माता भुवन केसी र ‘मालिका’ निर्देशक रेखा थापाबिच पुर्नमिलन भएको छ । आइतबार फिल्म रामकहानी हेर्न कुमारी हल पुगेका भुवन र रेखाले एक आपसमा मित्रताको गला मिलाएका हुन् । भिडियो हेर्नुस् :

मिडियामा आएको भुवन र रेखाको वाकयुद्ध दुवैले अस्विकार गर्दै आफुहरुबिच कुनै पनि दुश्मनी नभएको दाबी गरे । ‘हामी जहिले पनि सँगै हुन्छौं । म रेखाको फ्यान हो । म रेखालाई माया गर्छु’, सदावहार अभिनेता केसीले भने, ‘हामी मिल्ने साथी हौं । हामीबिच केही पनि नराम्रो भएको छैन ।’ भुवनले यति भनेपछि रेखाले पनि साथी म तिम्रो जोडीको खुलेर प्रशंसा गरिन् ।

‘उहाँ मेरो आइडियल हो । महानायक हो’, रेखाले भनिन्, ‘मिडियाले नै वाक युद्ध गरायो । हामी बिच केही पनि छैन ।’ मिडियाले आफुलाई लेडी भुवन केसी भन्ने गरेको खुलाउँदै भुवन केसीसँग केही पनि नराम्रो नरहेको रेखाले प्रष्ट्याइन् ।
भुवन र रेखाले आफुहरुबिचको सम्बन्ध केही सुमधुर रहेको दाबी गरेतापनि केही समयदेखि उनीहरु बिच वाकयुद्ध चलिरहेको थियो ।

रेखाले नयाँ पुस्ताका हिरोलाई लक्षित गरेर दिएको अन्र्तवार्ता पछि भुवन रेखासँग चिढिएका थिए । अनमोल केसी मेघा स्टार होइन भन्ने आशयको रेखाको अन्र्तवार्ता आएपछि भुवनले ‘मालिका’सँग ‘क्याप्टेन’ जुधाउने समेतका समाचार बाहिरिए । तर पछिल्लो यो मिलनले भने भुवनको ‘क्याप्टेन’ र रेखाको ‘मालिका’ एकसाथ नलाग्ने आशा राखिएको छ ।

उसो त भिएफएक्सको कारणले क्याप्टेनको रिलिज मिति भुवनले तोक्न सकिरहेका छैनन् भने मालिकालाई रेखाले लक्ष्मी पूजामा ल्याउँदैछिन् । पछिल्लो यो क्याप्टेन र मालिकाबिचको प्रतिस्पर्धा टरेकै हो त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha